बुटवल,फागुन १४ ।
बुटवलका पत्रकार मनोज हितङ्गाको सवारी दुर्घटनामापरि निधन भएको छ। गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकमा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।
चौराहाबाट अस्पताललाईनतर्फ गईरहेका उनी सवार लु ८प ९०६८ नम्बरको डिस्कोभर १५० सीसीको मोटरसाईकल र अस्पताललाईनतर्फबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२५६ नम्बरको महाकाली यातायातको यात्रु बाहक बसपार्क नजिकै एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भिर घाईते उनलाई स्थानीय र प्रहरीले उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ।
डेढ दशकदेखि टेलिभिजनमा क्यामेरा पर्शनको रुपमा कार्यरत रहेका उनी हाल भने एनएनटिभीको लुम्विनी प्रदेश सम्वाददताको रुपमा कार्यरत थिए। यसअघि उनले बिबिएन र लुम्बिनी टेलिभिजनमा काम गरेका थिए ।
पाल्पाको तानसेन नगरपालिकाका बतासेडाँडाँ स्थायी घर भएका उनी अहिले भने बुटवलको बुद्धनगरमा नयाँ घर बनाएर बस्दै आएका थिए। 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)