Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आठ महिनाको अन्यौलतापछि कक्षा १२ को परीक्षा सुरु,मास्क र फेस सिल्ड लगाएर परीक्षा !

आठ महिनाको अन्यौलतापछि कक्षा १२ को परीक्षा सुरु,मास्क र फेस सिल्ड लगाएर परीक्षा !

  • 2.6K
    SHARES

  • आठ महिनाको अन्यौलतापछि कक्षा १२ को परीक्षा सुरु,मास्क र फेस सिल्ड लगाएर परीक्षा !

    बुटवल,मंसिर ९-

    झण्डै ८ महिना लामो अन्योलता र अनिश्चिततापछि कक्षा १२ को परीक्षा सुरु भएको छ ।

    कोरोना भाइरसको महामारीको त्रासले सरकारले गत वर्षको चैतमा लकडाउन शुरु गरेसँगै वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा रोकिएको थियो ।

    त्रासकै बीच लामो प्रतीक्षापछि विद्यार्थी परीक्षामा सहभागी हुन पाएका छन् । यस पटकको परीक्षा विगतका वर्षहरुको तुलना धेरै किसिमले फरक छ । पहिलोपटक विद्यार्थीहरु मास्क र फेस सिल्ड लगाएर परीक्षामा सामेल भएका छन् ।

    एक सय पूर्णाङ्कको परीक्षा दिने विद्यार्थीहरुले यस पटक ४० पूर्णाङ्कको परीक्षा दिनेछन् । बाँकी रहेको ६० पूर्णाङ्कको भने आन्तरिक मूल्याङ्कन गरिनेछ ।

    अन्योलतामा लामो समय बिताएका विद्यार्थीहरु संक्रमण र परीक्षा दुबैको त्रास बीच परीक्षामा सहभागी भएको बताए ।
    फेस सिल्ड र मास्क लगाएर परीक्षामा बस्नु पर्दा केही असहज भए पनि शैक्षिक सत्र खेर नजाने भएकोमा विद्यार्थीहरुले खुसी व्यक्त गरे ।

    परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो मापन गर्नुपर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र कक्षा कोठामा कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।

    तोकिएको स्वास्थ्य मापदण्डको पालना गर्दै ठीक समयमा परीक्षा शुरु गरिएको विजय मेमोरियल माविका प्रधानाध्यपक तथा केन्द्राध्यक्ष डिल्लीप्रसाद शर्मा ढकालले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology