Logo बिहिवार, आश्विन १ गते २०८३
images

ग्यास बुलेटले ठक्कर दिँदा चितवनमा दुई जनाको मृत्यु

ग्यास बुलेटले ठक्कर दिँदा चितवनमा दुई जनाको मृत्यु

  • 2.9K
    SHARES

  • ग्यास बुलेटले ठक्कर दिँदा चितवनमा दुई जनाको मृत्यु

    चितवन,मंसिर ९-

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको हो ।

    ठक्करबाट ३० वर्षका नवराज दनै र २२ वर्षका सचिन दनैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए । राति साढे ११ बजे प्रहरीले बाटो खुलाएको थियो । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology