Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलमा दाेस्राे राष्ट्रिय नृत्य दिवस सम्पन्न

बुटवलमा दाेस्राे राष्ट्रिय नृत्य दिवस सम्पन्न

  • 1.8K
    SHARES

  • बुटवलमा दाेस्राे राष्ट्रिय नृत्य दिवस सम्पन्न

    बुटवल,फागुन ७ ।

    बुटवलमा दाेस्राे राष्ट्रिय नृत्य दिवस सम्पन्न भएको छ । रुपन्देहीको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा कार्यक्रम भएको हाे ।

    नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न कार्यक्रममा कलाकारहरुले विविध नृत्यहरु प्रस्तुत गरेका थिए । नृत्य हाम्रो अभिमान, कला संस्कृतिको पहिचानू भन्ने नारा सहित  नृत्य दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले बताए ।

    महोत्सवमा देशभरका १ सय  बढी कलाकारहरुले आफ्नो ठाँउको पहिचान हुने गरि थरीथरीका नृत्य प्रस्तुतीहरु रहेको थियो।

    अध्यक्ष शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, बुटवल उपमहानगर पालिकाका पुर्व मेयर शिवराज सुबेदी, हालका नगर उपप्रमुख सावित्रा अर्याल, लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष तथा फिल्म निर्देशक मनिष पन्थ, केन्द्रिय संघका अध्यक्ष तथा भक्तपुरका नृत्यकार भुवनदास श्रेष्ठ, आयोजक संस्थाका कोशाध्यक्ष रजनी श्रेष्ठ,बुटवल शाखा अध्यक्ष माइकल देव दर्लामी,सुन्दर गुरुङ, प्रेम जिएम लगायतले शुभकामना दिएका थिए ।

    नेपालका सबै जिल्लामा सक्रिय कलाकार, नृत्य निर्देशक, नृत्यकार, रंगकर्मीहरुको पहिचान तथा त्यसमार्फत देशको पर्यटकीय शान बढाउन कार्यक्रमले सघाउ पुर्याउने जिल्ला अध्यक्ष सुन्दर गुरुङले सो कुरा व्यक्त गरेका थिए।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology