Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवीन औद्योगिक माबिमा राष्ट्रपति शैक्षिक सुधार भवनको शिलान्यास

नवीन औद्योगिक माबिमा राष्ट्रपति शैक्षिक सुधार भवनको शिलान्यास

  • 840
    SHARES

  • नवीन औद्योगिक माबिमा राष्ट्रपति शैक्षिक सुधार भवनको शिलान्यास

    बुटवल,फागुन ६ ।

    नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा राष्ट्रपति शैक्षिक सुधार भवनको शिलान्यास सम्पन्न भएको छ ।उक्त अवसरमा बुटवल उप–महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल शिक्षा, खेलकुद, सांस्कृतिक र स्वास्थ्य लगायतका क्षेत्रमा अग्रणी भएकोमा खुशी व्यक्त गर्दै मानव संसाधन, पर्यटन लगायतका सवै क्षेत्रमा बुटवल उत्कृष्ट हुनुपर्ने धारणा व्यक्त गरे ।
    विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे भवन कार्यक्रमको योजना परेकोमा विद्यालयको आवश्यकता अनुसार ६ कोठे भवन छात्र-छात्रा शौचालय सहित चारतले २४ कोठे भवन निर्माण गर्ने गरि पूर्वाधार निर्माण गर्न लागेको छ ।

    उक्त अवसरमा कक्षा ११ र १२ को अर्धवार्षिक परीक्षामा पचासी प्रतिशत भन्दा बढी अंक ल्याउने अजय कोइरी, पवन पन्थ, समिक्षा कुँवरलाई जनही पाँच हजार र असी प्रतिशत माथि ल्याउने धन्यवाद चौधरी, अंकिता पराजुली, राहुल भण्डारी, सिद्धि भट्टराई, उपहार विश्वकर्मा, अनिषा ज्ञवाली, मुकुन्द बस्नेत , राजन नेपाली, रुक्शा अर्याल र समिक्षा खत्रीलाई जनही दुई हजार पाँच सयका दरले नगद पुरस्कार वितरण गरिएको थियो ।nnb.jpg

    त्यस्तै देवदह कराते डो एकेडेमीद्वारा सञ्चालित गौतम बुद्ध अन्तर्रााष्ट्रिय खुला कराँतेमा स्वर्ण पदक विजेता राहुल चौधरी, रजत पदक विजेता सुमना घर्ती, बुद्ध कृष्ण जिएम र कास्य पदक प्राप्त अविनाश घर्ती ,नेपाल खेलकुद महासंघद्वारा सञ्चालित प्रथम बटौली ५ किमि दौडमा छात्रा तर्फ द्वितीय हुन सफल ललिता पाण्डे छात्रतर्फ तृतीय हुन सफल दिपक विक ,परिवर्तन गाउँपालिका रोल्पाद्वारा आयोजित गाउँपालिका अध्यक्ष कप प्रदेश स्तरीय आइटी एफ तेक्वाण्दोमा रजत पदक विजेता अविक्षा राई, कास्य पदक विजेता शिशिर सुनार र सलिमा बस्नेतलाई र काठमाडौमा सञ्चालित एसियन मार्सलआर्ट खेल २०२३ मा स्वर्णपदक विजेता प्रतिमा सुनार, प्रियंका सुनार, कास्य पदक विजेता मोहित शेरपुजा, रितेश खनाललाई र भारतको गाजियावादमा सञ्चालन भएको प्रथम एसियन सुटिङ्ग वल प्रतियोगितामा सेकेण्ड रनर अप हुन सफल कानुन समूहका विद्यार्थी विशाल जिसीलगायतलाई नगदसहित सम्मान गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य कमला भण्डारी ज्ञवालीले गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology