Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीकाे अन्नपूर्ण एग्रो इण्डष्ट्रिज कृषिमा दाेश्राेपटक पनि उत्कृष्ट करदाता घोषित

रुपन्देहीकाे अन्नपूर्ण एग्रो इण्डष्ट्रिज कृषिमा दाेश्राेपटक पनि उत्कृष्ट करदाता घोषित

  • 7.7K
    SHARES

  • रुपन्देहीकाे अन्नपूर्ण एग्रो इण्डष्ट्रिज कृषिमा दाेश्राेपटक पनि उत्कृष्ट करदाता घोषित

    बुटवल,मंसिर ७-

    रुपन्देहीकाे अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रा.लि दाेश्राेपटक पनि उत्कृष्ट करदाता घोषित भएकाे छ । नेपाल सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको हाे ।  आन्तरिक राजस्व विभागले कर सप्ताहको आज अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको छ ।

    विभागका अनुसार कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालि घोषित भएको हाे । यसअघि पनि आर्थिक वर्ष २०७४/०७५ मा पनि  अन्नपूर्ण एग्रो उत्कृष्ट करदाता भइ सरकारबाट पुरस्कृत भएकाे थियाे । 

    आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर सरकारले उत्कृष्टकाे  सूची निकालकाे हाे ।यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयकुमार शाह छन् । उनी विभिन्न लिकर कम्पनीका मालिक हुन् ।

    विभागका अनुसार आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ ।

    बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ । पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड छ ।

    विप्रेषणको कारोबार गर्ने कम्पनीमध्ये बढी आयकर आइएमई लिमिटेडले तिरेको छ । बैंक तथा वित्तीय संस्थामा बढी आयकर तिरेको नविल बैंक उत्कष्ट ठहर भएको छ ।

    tax.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology