बुटवल,मंसिर ६ -
आज बिहानको उदाउदो सूर्यलाइ अर्घ दिएर छठ पर्व समापन गरिएको छ । हिजो तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिई हर्ष उल्लासका साथ मनाइएको थियो
यसवर्ष कोरोना भाईरस कोभिड १९ ले गर्दा समाजिक दुरी अपनाउदै आज अस्ताउदो सुर्य र भोली बिहान उदाउदो सूर्यलाई अर्घ दिइन्छ ।
विगतको वर्षहरुमा भीडभाडका साथ मनाए पनि यसवर्ष स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर छठ पर्व मनाइएको हो ।लुम्बिनी प्रदेशको रुपन्देही बुटवल,तिनाउ नदी,नवलपरासी,कपिलवस्तुको तौलिहवा, कृष्णनगर, बहादुरगंज लगायतको ठाँउमा नदि पोखरी ताल किनारामा मनाउन थालिएको छ । जिल्लाको सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत जिल्लाको बाणगंगाको रामघाटनदी र कृष्णनगर सुरैया नदी र तालहरुमा अस्ताउदो सुर्यलाई अर्घ दिई छठ पुजा शुरु गरिएको हो ।
अर्घ दिनुअघि नदि किनारामा पूजा स्थल निमार्ण गरि प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवा लगायतका सामाग्री र फलफुलको प्रसाद राखी पूजागरिएको छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।
त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।
त्यही बेलादेखि ‘छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । यो पर्व विस्तारै यस क्षेत्रका मैथली,अवधीतथा पहाडी महिलाहरुले पनि धुमधामका साथ मनाउने क्रम शुरु भएको छ ।
उता छठ पर्वको तेस्रो तथा मुख्य दिन शुक्रबार भैरहवासहित देशभर छठ पर्व मनाइएको छ ।छठ पर्व मनाउनको लागि सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री राम जानकी हनुमान मन्दिरस्थित रहेको पोखरीमा श्रद्धालु भक्तजनहरु पुगेका थिए ।
कोरोना भाइरसलाई मध्यनजर गर्दै यस वर्ष छठ पूजा स्थलमा बनाइएका वेदीमा एक घरपरिवारबाट बढीमा दुई जनालाई मात्र आउन भनिएको राम जानकी हनुमान मन्दिरका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले बताए ।
कोरोना भाइरस महामारीको कारण यस वर्ष सि.न.पा.–५ सेवापथस्थित श्री काली भक्ति गणमा रहेको पोखरीमा छठ पूजा कार्यक्रम गर्न नसकिएको छठपूजन समितिका कार्यक्रम संयोजक आनन्द प्रसाद गुप्ताले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)