Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रूपन्देही सामाजिक सञ्जाल–अष्ट्रेलियाद्वारा अपाङ्ग आश्रममा शैक्षिक सामाग्री बितरण

रूपन्देही सामाजिक सञ्जाल–अष्ट्रेलियाद्वारा अपाङ्ग आश्रममा शैक्षिक सामाग्री बितरण

  • 1.8K
    SHARES

  • रूपन्देही सामाजिक सञ्जाल–अष्ट्रेलियाद्वारा अपाङ्ग आश्रममा  शैक्षिक सामाग्री बितरण

    बुटवल,माघ १३ ।

    रूपन्देही सामाजिक सञ्जाल–अष्ट्रेलियाले लुम्बिनी अपाङ्ग दृष्टिबिहीन अनाथ आश्रम बुटवल १५ उजेलापुरमा शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण गरेको छ ।

    आश्रमका बिद्यार्थीहरुलाइ १६ सेट ब्याग,पोशाक,जुत्ता मोजा,स्विटर,टोपि बितरण गरिएको हो ।

    समाजका  उपाध्यक्ष रोशन कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य सुर्यप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । काफ््लेले नेपालमा सरकारी निति नियमका कारण सेवालिन समस्या परेको अनुभव आफुले गरेको बताउनुभयो । उहाँले आश्रमका लागि पहल गर्ने बताउनुभयो ।

    सञ्जालका  अध्यक्ष मुक्तिराम पोखरेलले सामाजिक सेवा नै संस्थाको मूल उद्धेश्य रहेको बताउनुभयो । समाजका उपाध्यक्ष रोशन कोईरालाले सेवाभावका लागि सधै सहयोग गर्ने र समस्या परेको खण्डमा आफुहरुलाइ सम्झना आग्रह गर्नुभयो ।

    सो अबसरमा सल्लाहकार कमल भण्डारी ,आश्रमका सचिव लिलाराम रोका मगर, मिलिजुली समाजका माधव शर्मा, आश्रमका देवकुमार देउकी लगायतले बोलेका थिए । सोही कार्यक्रममा मिलिजुली परिवारका रारा सैजु र अनुपमान सैजुकी छोरी अनुष्का सैंजुको जन्मदिनको अवसरमा आश्रमलाइ नगद १६ हजार प्रदान गरिएको छ  । सो आश्रममा ३६ जना आश्रित रहेका छन् ।aa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology