Logo मंगलवार, श्रावण १२ गते २०८३
images

छठ पर्वको आज तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिईयो

छठ पर्वको आज तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिईयो

  • 3.1K
    SHARES

  • छठ पर्वको आज तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिईयो

    बुटवल,मंसिर ५ - 

    छठ पर्वको आज तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिई हर्ष उल्लासका साथ मनाइएको छ ।

    यसवर्ष कोरोना भाईरस कोभिड १९ ले गर्दा समाजिक दुरी अपनाउदै आज अस्ताउदो सुर्य र भोली बिहान उदाउदो सूर्यलाई अर्घ दिइन्छ ।विगतको वर्षहरुमा भीडभाडका साथ मनाए पनि यसवर्ष स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर छठ पर्व मनाइएको हो ।

    लुम्बिनी प्रदेशको रुपन्देही बुटवल,तिनाउ नदी,नवलपरासी,कपिलवस्तुको तौलिहवा, कृष्णनगर, बहादुरगंज लगायतको ठाँउमा नदि पोखरी ताल किनारामा मनाउन थालिएको छ ।

    जिल्लाको सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत जिल्लाको बाणगंगाको रामघाटनदी र कृष्णनगर सुरैया नदी र तालहरुमा अस्ताउदो सुर्यलाई अर्घ दिई छठ पुजा शुरु गरिएको हो ।

    अर्घ दिनुअघि नदि किनारामा पूजा स्थल निमार्ण गरि प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु पिठो र गुड बाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका सथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखै सँगको अदुवा लगायतका सामाग्री र फलफुलको प्रसाद राखी पूजा गरिएको छ ।

    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

    त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।

    फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । यो पर्व विस्तारै यस क्षेत्रका मैथली,अवधीतथा पहाडी महिलाहरुले पनि धुमधामका साथ मनाउने क्रम शुरु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology