Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लमजुङ रूपन्देही एकता समाज रूपन्देहीद्वारा रक्तदान

लमजुङ रूपन्देही एकता समाज रूपन्देहीद्वारा रक्तदान

  • 1.8K
    SHARES

  • लमजुङ रूपन्देही एकता समाज रूपन्देहीद्वारा रक्तदान

     भैरहवा, पुस १६।

    लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीले समाज स्थापनाको दोस्रो वर्ष प्रवेशको अवसरमा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    ‘रक्तदान गरौँ, प्राण बचाऔँ ।’ नाराका साथ आयोजित वृहत् रक्तदान कार्यक्रमको  समाजका सल्लाहकार तथा प्रमुख अतिथि शुशील गुरुङले उदघाटन गरे । कार्यक्रममा कार्यक्रम संयोजक रूपेन्द्र अधिकारी, कोषाध्यक्ष दीपक पौडेल, आशिका थापा, गुड्डु कहार, धनराज हरिजन, ललिता चौधरी, दीपा चन्द ठकुरी, कृष्ण गौली, निर्मल तिवारी, राहुल न्यौपाने, राजुचन्द ठकुरी, गीता गुप्ता, निश्चल नराल र गिरिजा शाही ठकुरीले रक्तदान गरे । 

    कार्यक्रममा समाजका अध्यक्ष डा। ज्ञानदेव हटुवालले लमजुङबाट रूपन्देहीमा आएर बसोबास गरिरहेका र लमजुङका जनताबीच जनस्तरमा सामाजिक, सांस्कृतिक, पर्यटकीय सम्बन्ध विकास गर्ने उद्देश्यले समाजको गठन भएको र दोस्रो वर्ष प्रवेशको उपलक्ष्यमा सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

    समाजका उपाध्यक्ष हरिराज विष्टले स्वागत र सचिव पुष्प घिमिरेले सञ्चालन गरेको कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरूको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १४ युनिट रगत सङ्कलन भएको समाजले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology