बुटवल, पुस ८ ।
बुटवल उपमहानगरपालिका वार्ड ११ स्थित मालिका बचत तथा ऋण सहकारीको १५ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
देवीनगरमा चाैपारीमा भएको रक्तदान कार्यक्रम बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सहकारीले थप सामाजिक उत्तरदायित्व बोध गर्ने खालको बन्नुपर्ने बताए। उनले सहकारीलाई राज्यले नियम गन गर्ने भन्दा पनि आफ्नै जिम्मेवारी बोध गर्ने खालको हुनुपर्ने बताए ।
सहकारी अध्यक्ष चित्र बहादुर वर्माको अध्यक्षता भएको कार्यक्रम लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा.तारा प्रसाद उपाध्याय,नवीन स्कुलका प्राध्यापक प्रेम बहादुर बस्नेत,तिनाउ बोडिड स्कुलका प्राचार्य यज्ञमुर्ति पाण्डे,विमलराज घिमिरे,अर्जुन कुँवर,यज्ञस्वर मरासिनी,सुशील नेपाल,संयोजक कमला घिमिरे,लोक कुमारी सारू,निर्मला मरासिनी लगायत बोलेका थिए।
कार्यक्रम स्वागत उपाध्यक्ष कपिल आर्चाय र सञ्चालन सचिव शोभा पौडेलले गरेको जनाएको छ।बुटवल रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम ७५ जनाले रक्तदान गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)