Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यु स्ट्याण्डर्ड ईङ्लिस हाइ स्कुलको ३० औँ वार्षिकोत्सव

न्यु स्ट्याण्डर्ड ईङ्लिस हाइ स्कुलको ३० औँ वार्षिकोत्सव

  • 1.8K
    SHARES

  • न्यु स्ट्याण्डर्ड ईङ्लिस हाइ स्कुलको ३० औँ वार्षिकोत्सव

    बुटवल,पुस ६ ।

    न्यु स्ट्याण्डर्ड ईङ्लिस हाइ स्कुल बुटवल १२ नयाँगाउको ३० औँ वार्षिकोत्सवतथा अभिभावक दिवस सम्पन्न भएको छ ।  समारोहमा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगर पालिका वडा नम्वर १२ का वडा अध्यक्ष  डिल्ली प्रसाद शर्मा आचार्यले विद्यालयले उत्पादन गरेका बिद्यार्थीहरु धेरै राम्रो राम्रो ठाउँमा पुगेको बताउदै बिद्यालयले धेरे जनसक्ति उत्पादन गरेको बताए । निजी स्कुलहरुले राज्यको समेत पैसा बचत गरिदिएको बताए ।

    प्याब्सनका केन्द्रिय सदस्य लेखनाथ पौडेल महिलाले नेत्रित्व गरेको बिद्यालय रुपन्देहीकै नमुना रहेको बताए दक्ष जन सक्ति उत्पादन गर्नमा स्ट्याडर्ड बोडिङले निकै ठुलो भुमिका खेलेको बताए । विशिस्ट अतिथी प्याब्सन लुम्बिनी प्रदेशका सह सचिव  कृष्ण प्र शर्माले स्कुलमा पढेका बिद्यार्थिहरुले उच्च शिक्षामा राम्रो नतिजा ल्याउनुनै बिद्यालयको सफलता रहेको बताए ।

    प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले अन्य अब्बल मानिएका बिद्यालयले दिने नतिजा जस्तै राम्रो नतिजा स्ट्याडर्डको रहेको भन्दै प्रशंम्सा गरे । प्याब्सन नगर अध्यक्ष कुलानन्द पाण्डेले स्कुलमा आफ्ना बालबालिकाहरुले के कुरा सिकेका छन ख्याल गर्नु पर्ने बताउदै अभिभावकहरुलाई समय समयमा स्कुलमा आएर आफ्ना बालबालिकाको बारेमा बुज्नु पर्ने बताए ।

    अभिभावक संघ नेपालका केन्द्रिय सदस्य एवं रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले राज्यले बाल बालिकाहरुलाई बिभेद गरेको बताउदै राज्यले एस्तो बिभेदकारी काम गर्न नहुने बताए । बालबालिकालाई राज्यले दिवा खाजामा समेत बिभेद गरेको बताउदे एस्तो बिभेद गर्न नहुने उनले बताए । निजी स्कुलमा अध्यनरत बालबालिकाहरुलाई पनी राज्यले दिवा खाजाको ब्यबस्ता गनुृ पर्ने बताए ।

    कार्यक्रममा घनलाल बसेलले बालबालिकाहरुलाई धेरे मोबाईल चलाउन दिन नहुने बताउदै बालबालिकाहरुलाई स्कुलमा भन्दा घरमै पनी धेरै कुरा सिकाउनु पर्ने बताए । कार्यक्रममा , नयाँगाउ मा वि का प्रधानध्यापक पुरुशोत्तम भट्टराई , बुटवल ग्लोरी बोर्डिङ स्कुलका शंकर गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य नाम बहादुर कुवर लगाएतले बोलेका थिए । विद्यालयकी प्राचार्य शारदा ज्ञवालीद्वारा विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरिएकोे थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षता विद्यालयका सहप्राचार्य एवं  कार्यक्रम संयोजक बाबुराम भन्डारीकोे स्वागतमा भएको कार्यक्रम शिक्षिक टीका शर्मा पौडेलको संचालनमा भएको थियो ।

    साे अवसरमा विध्यार्थी हरुले  नाच गान समेत प्रस्तुत गरेका थिए भने विभिन्न विधामा प्राप्त गरेका अतिरिक्त कृयाकलाप , खेलकुदका पुरस्कारहरु समेत वितरण गरिएकोे थियो । कार्यक्रमको अवसरमा शिक्षाको क्षेत्रमा योगदान पुर्याएका शिक्षकहरुलाइ समेत सम्मान गरिएको थियो भने एसइइ परिक्षामा उतिर्ण विध्यार्थीहरुलाई समेत सम्मान  गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology