Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी बाैद्ध विश्वविद्यालयमा रक्तदान,५२ युनिट रगत संकलन

लुम्बिनी बाैद्ध विश्वविद्यालयमा रक्तदान,५२ युनिट रगत संकलन

  • 1.6K
    SHARES

  • लुम्बिनी बाैद्ध विश्वविद्यालयमा रक्तदान,५२ युनिट रगत संकलन

    बुटवल,मंङ्सिर १३ ।

    बुटवल १२ नयाँगाउमा संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी बाैद्ध विश्वविद्यालयको १८ औ वार्षिकोत्सबको सन्दर्भ पारेर सिटि कलेजको आयोजना तथा मानव कल्याण मित्र मञ्च नेपाल, नयाँगाउँ मावि, पतन्जली योग समिति, युवा नेपाल समिति रुपन्देहीको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा मंगलबार रक्तदान कार्यक्रम भएको हो ।

    लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्य, विश्वविद्यालयका प्राचार्य फणिन्द्र न्यौपानेले एक कार्यक्रमका बीच रक्तसञ्चार केन्द्रका प्राविधिक केशरसिह गाहालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरे । कार्यक्रममा विश्वविद्यालयका रजिस्टार डा तिलकराम आचार्यले विद्यार्थीहरुलाई शैक्षिकसंगै अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्वमा सहभागिता जनाउने रुपमा कार्यक्रम गरिएको बताए ।

    विश्वविद्यालयको स्थापना दिवसलाई विविध रचनात्मक कार्यक्रम गरी मनाउने परम्पराको थालनी आफुहरुले गरेको उनले बताए । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राचार्य फणिन्द्र न्यौपानेले बुद्ध दर्शनमा पनि रक्तदानको महत्वबारे प्रकाश पारिएको दाबी गर्दै अहिंसा, शान्ति र मानव सेवाको राम्रो ब्याख्या उनले गरे ।

    कार्यक्रममा नयाँगाउँ माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, लुम्बिनी वौद्ध विश्वविद्यालयका प्राचार्य फणिन्द्र न्यौपाने, नयाँगाउँ माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइ, मानव कल्याण मित्र मंन्च नेपाल रुपन्देहीका अध्यक्ष दुर्गाप्रसाद अर्याल लगायतले बोल्दै समाज रुपान्तरमा सामुहिक भावनाको विकास गर्न जरुरी रहेको बताए ।कार्यक्रमका ५२ युनिट रगत संकलन भएको विश्वबिद्यालयका सुचना अधिकारी लक्ष्मण पोखरेलले बताए । 

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology