Logo बिहिवार, आश्विन १ गते २०८३
images

तानसेन-रिडी- तम्घास सडक दैनिक १३ घण्टा अबरूद्ध हुने

तानसेन-रिडी- तम्घास सडक दैनिक १३ घण्टा अबरूद्ध हुने

  • 3.8K
    SHARES

  • तानसेन-रिडी- तम्घास सडक दैनिक १३ घण्टा अबरूद्ध हुने

    बुटवल,कार्त्तिक २६ । 

    पाल्पाको बर्तुङ-रिडी- गुल्मी तम्घास सडक दैनिक १३ घण्टा अबरूद्ध हुने भएको छ । मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागनम बन्द गरिएको हो । 

    पाल्पाको जोर्ते खण्डमा मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको सडक कार्यालय पाल्पाले जनाएको छ।

     सडक डिभिजन कार्यालय पाल्पाले मंगलबारदेखि कार्तिक २७ गते बिहीबारसम्म र मंसिर २ देखि १३ गतेसम्म दैनिक १३ घण्टा सवारी आवागमन बन्द रहने सूचना जारी गरेको छ।

    सड़क बन्द भएपछि तानसेनबाट गुल्मी जाने र गुल्मीबाट तानसेन-बुटवल आउने सवारी साधनहरू प्रभावित हुनेछन्।

    कार्यालयका अनुसार बिहान ३ बजेदेखि ६ बजेसम्म र बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ४ बजेसम्म, साँझ ७ बजेदेखि ८ बजेसम्म, साँझ ९ बजेदेखि १२ बजेसम्म सडक बन्द रहने छ।

     यो समयबाहेक अन्य समयमा भने सवारी आवागमन यथावत संचालन हुने जनाइएको छ।

    sadak banda.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology