Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हब इन्टरनेशनल एजुकेशनद्वारा बुटवलमा रक्तदान,भाेलि नि:शुल्क सेमिनार

हब इन्टरनेशनल एजुकेशनद्वारा बुटवलमा रक्तदान,भाेलि नि:शुल्क सेमिनार

  • 2.3K
    SHARES

  • हब इन्टरनेशनल एजुकेशनद्वारा बुटवलमा रक्तदान,भाेलि नि:शुल्क सेमिनार

    बुटवल, असोज २८ ।

    हब इन्टरनेशनल एजुकेशनले बुटवलमा शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा हिजाे शुभारम्भ गरिएको  हाे ।शाखा  संचालनमा ल्याएकै अवसरमा आज बुटवलमा रक्तदान कार्यक्रम समेत भएको छ  भने भोलि आइतबार निशुल्क सेमिनार समेत हुदैछ । 

    तीनदिन विभिन्न कार्यक्रम चलिरहेका छन् । शनिबार भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको एजुकेशनका बुटवल शाखा प्रमुख डा.अशोक पराजुलीले नागरिक अनलाइनलाई बताए ।

    सन् २००६ मा स्थापना भई काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले सामाजिक उत्तरदायित्व अन्तरगत बुटवलका दुई सामाजिक संस्थासँगको सहकार्यमा रक्तदान गरेको हो । रक्तदानमा गोर्खाली युवा सशक्तिकरण अभियान र नियमित रक्तदाता संघको सहयोग रहेको थियो ।

    अब भोलि असोज ३० गते दियालो फुडल्याण्डमा बिहान ११ बजेदेखि एजुकेशन फेयरको आयोजना हुनेछ । विदेश पढ्न जान चाहने विद्यार्थीहरुका लागि सचेतनामूलक कार्यक्रममा विभिन्न ७ देशका विश्वविद्यालयहरुका प्रतिनिधिहरुसमेत सहागी हुने छन् । करिब ५ सय विद्यार्थी सहभागी गराउने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा हब एजुकेशन केन्द्रीय कार्यालय काठमाण्डौंबाट आएका एक्जुकेटिभ चेयरमेन उद्दवबहादुर खड्काले समेत सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।

    पछिल्लो समय विद्यार्थीहरुले लहैलहैमा लागेर तथा पूर्ण जानकारी नै नलिएर विदेश जाने प्रतिवृत्तिका कारण धेरैले दुःख पाउनु पर्ने बाध्यता रहेको  पराजुलीले बताए ।

    कार्यक्रममा सहभागी हुने पहिलो क्रमका १११ जना विद्यार्थीलाई निःशुल्क आएल्स अध्ययनको अवसर प्रदान गरिने उनले बताए ।

    aa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology