Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना संक्रमणको जोखिम : रुपन्देहीको तिलोत्तमा नगरमा देउसी भैलो खेल्न प्रतिबन्ध

कोरोना संक्रमणको जोखिम : रुपन्देहीको तिलोत्तमा नगरमा देउसी भैलो खेल्न प्रतिबन्ध

  • 2.9K
    SHARES

  • कोरोना संक्रमणको जोखिम : रुपन्देहीको तिलोत्तमा नगरमा देउसी भैलो खेल्न प्रतिबन्ध

    बुटवल,कार्तिक २३- 

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यसबर्षकाे देउसी भैलो कार्यक्रममा प्रतिबन्ध लगाएको छ । 

    नगर क्षेत्रभित्र समुदायस्तरमा तिव्र गतिमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई रोकथाम, नियन्त्रण तथा न्यूनिकरणका लागि भन्दै यस वर्ष तिहारमा खेलिने देउसी भैलो रोकेको हाे ।

    कात्तिक १९ गते बसेको नगरको सचिवालयको बैठकले यस वर्षको देउसी भैलो रोक्ने निर्णय गरेको नगरपालिका प्रमुख प्रशाासकीय अधिकृत माधव प्रसाद शर्माले आइतबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    नगरपालिकाले यस वर्ष नगरक्षेत्र भित्र दिउसी भैलो कार्यक्रम नगर्न-नगराउन सबै नगरबासीमा अपील समेत गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology