Logo बिहिवार, आश्विन १ गते २०८३
images

डेंगुका विरामीलाइ ध्यान दिदै बुद्धनगर खानेपानीमा रक्तदान

डेंगुका विरामीलाइ ध्यान दिदै बुद्धनगर खानेपानीमा रक्तदान

  • 1.3K
    SHARES

  • डेंगुका विरामीलाइ ध्यान दिदै बुद्धनगर खानेपानीमा रक्तदान

    बुटवल,असोज १३ ।

    बुटवलमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

    बुटवल–११ बुद्धनगरका अवस्थि बुद्धनगर खानेपानी निर्माण तथा उपभोक्ता समितिले बुटवलमा रगतको अभाव भयो भन्न कसैलाई नपरोस भन्ने मूल उद्देश्यसहित रक्तदान गरेको हो ।डेंगु संक्रमणका कारण विरामीको सङ्ख्या बढिरहेको र रगतको अभाव सृजना भएको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष आशिष सुर्यवंशीले बताए ।

    रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ६४ यूनिट रगत संकलन भएको छ । वार्षिक रुपमा आफ्नो स्थापना दिवस पारी रक्तदान कार्यक्रम अयोजना गर्दै आएका संस्थाले विहिबार भने आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेपनि उपस्थिती उत्साहजनक भएको सुर्यवंशीले दाबी गरे ।

    १२ सय बढी घर परिवार उपभोक्ता रहेको खानेपानी संस्थाले वार्षिक रुपमा हरेक वर्षको माघ ४ गते साधारणसभासहित रक्तदानका कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि सोही मितिमा ८ औं पटक रक्तदानको कार्यक्रम आयोजना गरिने कार्यसूचि रहेको संस्थाका सचिव अर्जुन कुमार जिसीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology