Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रुपन्देहीका पत्रकार कुलमणि ज्ञवालीलाई पितृशोक

रुपन्देहीका पत्रकार कुलमणि ज्ञवालीलाई पितृशोक

  • 5.2K
    SHARES

  • रुपन्देहीका पत्रकार कुलमणि ज्ञवालीलाई पितृशोक

    बुटवल,कार्तिक २१-

    रुपन्देहीका पत्रकार कुलमणि ज्ञवालीलाई पितृशोक परेको छ ।

    गौतमबुद्ध मिडिया प्रा.लि.द्वारा प्रकाशित गौतमबुद्ध सन्देश दैनिकका सम्पादक समेत रहेका ज्ञवालीका पिता मणिराम ज्ञवालीको ८६ बर्षको उमेरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ मा रहेको निवासमै बिहीबार दिउँसो साढे ३ बजे निधन भएको हो ।

    ज्ञवालीको निधनप्रति गौतमबुद्ध मिडिया प्रा.लि., नेपाल पत्रकार महासंघ रुपन्देही, लुम्बिनी प्रेस क्लब रुपन्देही लगायत संघ–संस्थाले दुःख व्यक्त गरेका छन् ।

    पत्रकार महासंघ रुपन्देहीले शुक्रबार शोक विज्ञप्ती जारी गर्दै पत्रकार ज्ञवालीका पिता मणिराम ज्ञवालीको निधनले महासंघ परिवारलाई स्तब्ध बनाएको बताएको छ ।महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी. र सचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

    त्यस्तै लुम्बिनी प्रेस क्लबले शुक्रबार शोक विज्ञप्ती जारी गर्दै पत्रकार  ज्ञवालीका पिता मणिराम ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

    अध्यक्ष दिपेश पछाई र महासचिव सम्झना शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको अग्रज पत्रकार तथा क्लबका सल्लाहकार ज्ञवालीका पिताको स्वर्गारोहणले क्लब परिवारलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology