Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतीय सेनाध्यक्ष नरवणे र नेपाली सेनाका प्रधान सेनापति थापाबिच भेटबार्ता

भारतीय सेनाध्यक्ष नरवणे र नेपाली सेनाका प्रधान सेनापति थापाबिच भेटबार्ता

  • 2.5K
    SHARES

  • भारतीय सेनाध्यक्ष नरवणे र नेपाली सेनाका प्रधान सेनापति थापाबिच भेटबार्ता

    बुटवल,कार्तिक २०- 

    भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् ।

    नेपाल भ्रमणमा रहेकाउनी बिहीबार विहान नेपाली सेनाको जंगी अड्डा पुगेर प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको थियो ।

    सो क्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ पनि गरेका काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

    भारत सरकारको तर्फबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आईसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन् ।

    कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरेको दूतावासले जनाएको छ ।

    तीन दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका नरवणेले काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    त्यसपछि जंगीअड्डा पुगेका उनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology