बुटवल,भदौ २५ ।
संजीवनी टोल विकास संस्था बुटवल ११ को नवौं साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा बोल्ने बक्ताहरुले बुटवल ११ को बिकासमा टोल समितिको सहभागिताको प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले सहकार्य मै अघि बढ्ने बताए । संस्थाका अध्यक्ष क्या देवबहादुर थापाले संस्थाको आफ्नै भवन बनाउने योजना रहेको बताए ।
संस्थाका अध्यक्ष क्या देवबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि माया दर्नाल,सल्लाहकार नरेन्द्रकुमार शर्मा,रेबन्त बिक, मेलमिलाप तथा न्यायीक समितिका लक्ष्मण ज्ञवाली, बिसी टोलबिकास संस्थाका बिरबहादुर कुवर,नविन टोलका बिष्णुमाया थापा,जेष्ठ नागरिक मिलन केन्द्रका रामचन्द्र तिवारी, श्री नवदुर्गा मन्दिर समितीका अध्यक्ष अर्जुन कुवर, जितकुमारी खत्री, उपाध्यक्ष हरि गहतराज,सचिव देवीका मास्की राना,कोषाध्यक्ष इन्द्रबहादुर थापा लगायतले बोलेका थिए ।
सो अबसरमा अध्यक्ष,कोषाध्यक्ष र सचिवको प्रतिबेदन पारित गरिएको छ । बिस २०६९ भदौ ४ गते स्थापित संस्थामा ३९५ जना स्थानीय रहेका छन् भने ७९ घरधुरी समेटिएको छ ।
कार्यक्रममा कलाकार तुलसा पाैडेल लगायतको प्रस्तुती रहेको थियाे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)