Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै

  • 1.9K
    SHARES

  • भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै

    काठमाडौं कात्तिक २०-

    तीन दिने औपचारिक भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौंमा छन् ।

    नेपाली सेनाको निमन्त्रणामा नेपाल आएका उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै छ । नरवणेको यो भ्रमणसँगै सीमा विवादका कारण नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधारको अपेक्षा दुवै देशले गरेका छन् ।

    बुधबार भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल पुगेका उनी धार्मिक भ्रमणमा निस्किएका छन् । उनले धार्मिक भ्रमणका क्रममा नेपाली ढाका टोपी लगएका छन् ।

    पत्नी विनासहित उनले बुधबार वसन्तपुरमा जीवित देवी कुमारीको दर्शनसमेत गरेका छन् । त्यसलगत्तै उनी पशुपतिनाथको दर्शनका लागि गौशाला पुगेका थिए । नरवणेको नेपाल भ्रमणको मुख्य औपचारिक कार्यक्रम आज बिहीबारका लागि तय गरिएको छ ।


    आज उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न दिने कार्यक्रम तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सो उपाधि प्रदान गर्ने सेनाले जनाएको छ । उनले त्यहीँ राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।

    राजधानी दैनिकबाट ।

    भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे काठमाडौँमा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology