Logo बिहिवार, आश्विन १ गते २०८३
images

राधाकृष्ण युवा क्लवको १२ औँ रक्तदान, ७५ युनिट रगत संकलन

राधाकृष्ण युवा क्लवको १२ औँ रक्तदान, ७५ युनिट रगत संकलन

  • 1.5K
    SHARES

  • राधाकृष्ण युवा क्लवको १२ औँ रक्तदान, ७५ युनिट रगत संकलन

    बुटवल भदौ ६।

    राधा कृष्ण युवा क्लव बुटवल ६ ले १२ औँ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम गरेको छ। स्थापना दिवसको अबसरमा बिभिन्न रचनात्मक कार्यक्रम गदै आएको क्लवले यस वर्ष रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष सानु बरालले बताए।

    रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा बोल्दै उद्योगी एजाज आललमले क्लवले सामाजिक क्षेत्रमा प्रशंसनीय काम गरेको अझै मानवीय सेवा भावका कार्यक्रमहरु निरन्तर रुपले सञ्चालन गर्न आग्रह गरे।

    उनले मानवले मानवनको जीवन बचाउनका लागि रक्तदान गर्नुपर्ने बताउंदै त्यसका लागि समाजमा सचेतना जगाउनु पर्नेमा जोड दिए ।

    कार्यक्रम क्लवका अध्यक्ष सानु बरालको अध्यक्षता र सचिब सुमित खनालको सन्चालनमा सम्पन्न भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology