Logo बिहिवार, आश्विन १ गते २०८३
images

पन्ध्रौ नियमित रक्तदान : १०२ पिन्ट रगत संकलन 

पन्ध्रौ नियमित रक्तदान : १०२ पिन्ट रगत संकलन 

  • 2.1K
    SHARES

  • पन्ध्रौ नियमित रक्तदान : १०२ पिन्ट रगत संकलन 

    बुटवल,साउन २१ । 

    नेपाल स्वयंसेवी रक्तदाता समाज,तिलोत्तमा शाखा र रुपन्देही नागरिक समाजको संयुक्त आयोजनामा पन्ध्रौं नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै रक्तदान अभियान सबैको साझा अभियान भएको बताए ।

    डेगुका बिरामीहरु बढ्दै जादा रुपन्देहीमा रगतको माग बढेको बेला रक्तदान कार्यक्रमलाई बढीभन्दा बढी संचालन गर्नुपर्ने उनले बताए । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री ब्यक्तिगत ७४ पटक रक्तदान गर्दै युवाहरुलाई रक्तदानमा अग्रसर गराउने लक्ष्यका साथ कार्यक्रम चलाईरहेको बताए । 

    नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा अध्यक्ष गोविन्द भुसालले संस्थागत रुपमा रक्तदान अभियानलाई चलाउदै आएको बताए । कार्यक्रममा नागरिक समाजका सल्लाहकार टेकबहादुर थापा, कालिका मा.वि.का अध्यक्ष होमबहादुर गलामीले रक्तदानको महत्व समुदायमा बुझाउन पनि चोकचोकमा रक्तदानका कार्यक्रम गर्न जरुरी रहेको बताए । 

    कालिका मानव ज्ञान विद्यालय परिसरमा भएको कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक शंकर गौतमले बताए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology