बुटवल,साउन १२।
तीज नजिकिदै गर्दा लोक तथा दोहोरी गायक बसन्त लम्सालले “भाँच कम्मर भाँच” को गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकापालीमा जन्मेका लम्सालको स्वर , संगीत र लय रहेको उक्त गीतलाई अग्रदरबार फिल्मस् प्रालिको युवटुव च्यानल मार्फत बजारमा ल्याइएको हाे ।
गीतमा गायक लम्साललाई,सपना गाहा,लालमाया थापा पुन र लक्ष्मी बस्नेतले स्वरमा साथ दिएका छ्न् । भने सरोज पुर्जा सुमन परियार, शेखर घर्ति लगायतका कलाकारहरुले अभिनय रहेको छ ।विश्वास नेपालले एजेन्ज गरेको भिडियोलाई मारुनी स्टुडियोमा सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् ।
बुटवललाई कर्म थलो बनाएका संचारकर्मी समेत रहेका लम्सालले हाससम्म करिव एक दर्जन तीज गीत बजारमा ल्याएका छन भने ४० भन्दा बढी लोक तथा दोहोरी गीतहरु गाइसकेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)