Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सशक्त सहकारीद्वारा वार्षिकउत्सवमा रक्तदान

सशक्त सहकारीद्वारा वार्षिकउत्सवमा रक्तदान

  • 1.9K
    SHARES

  • सशक्त सहकारीद्वारा वार्षिकउत्सवमा रक्तदान

    बुटवल,असार ३१ ।

    बुटवलस्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले आफ्नो १४ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।

    रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रम सोसाइटी, रूपन्देहीका सभापति प्रेमलाल उदासले जिल्लामामा रक्तदान गर्ने लहर चलेको भन्दै रगतको अभाव हेरेर रक्तदान गर्न आग्रह गरे । ‘बिरामीको लागि कुन ग्रुपको रगत अभाव छ त्यही समूहले रक्तदान गरे राम्रो हुन्छ’ उदासले भने, ‘जसले गर्दा रक्तदान गरेको रगत खेर पनि जाँदैन मैले सबै ठाउँमा यहीँ सल्लाह दिँदै आएको छु ।’

    सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारीले विभिन्न सामाजिक उत्तरदायित्व अन्तगर्त रक्तदान कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिँदै आएको बताए । उनले स्वस्थ्य व्यक्तिले हरेक तीन-तीन महिनामा रक्तदान गरे कुनै पनि बिरामीले रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए ।

    सहकारीका सहसचिव तथा कार्यक्रम संयोजक कृष्ण पौडेलले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमलाई निरन्तरा दिने बताए । उनले सहकारी र रक्तदाताबीच अनोन्याश्रीत सम्बन्ध रहेको बताए । सो अवसरमा ४० जनाले रक्तदान गरेका थिए ।

    कार्यक्रममा सहकारीका उपाध्यक्ष भीमलाल ज्ञवाली, सचिव इश्वरी प्रसाद पोखरेल, कोषाध्यक्ष महेश प्रसाद पोखरेल, सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक बाबुराम पोखरेल, हाटबजार व्यवसायी संघका अध्यक्ष टेकबहादुर जिसी लगायतको सहभागिता रहेको थियो ।

    सहकारीमा हाटबजारमा व्यवसाय गर्ने ९० प्रतिशत सदस्यहरु रहेका छन । सहकारीमा १ हजार १०० भन्दा बढी शेयर सदस्य र पूँजी २१ करोड रुपैयाँभन्दा माथि पुगेको छ । वार्षिकउत्सव शुभकामना आदान प्रदान गरी पनि मनाइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology