बुटवल, असार १ ।
रुपन्देहीका कर्मकाण्ड सेवा गर्ने पण्डितहरुको संस्थाद्वारा रक्तदान कार्यक्रम गरिएको छ। नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो।
रक्तदान जीवनदान भन्ने नारासहित वार्षिक कार्यक्रममा समावेश गरि रक्तदानलाई नियमित गर्ने परिषदका अध्यक्ष आचार्य विष्णु ज्ञवालीले बताए। मानवीय सेवामध्येकै सबैभन्दा उत्कृष्ट कार्य रक्तदान भएको उनले बताए।
परिषदका उपाध्यक्ष तथा संयोजक ध्रुवशरण ढुंगानाले रगत अभावलाई मध्येनजर गरि सामाजिक कार्यमध्येकै उत्तम कार्य स्वरुप कार्यक्रम गरिएको बताए। नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ युनिट रगत संकलन भएको उनले बताए।
धार्मिक संस्कार जग्रेना गर्ने उदेश्यका साथ संगठित भएका उनिरहरु मानवीय जीवन चलाउने १६ कर्मकाण्ड गर्दछन। संस्थामा करीब २ सय बढि सदस्यहरु रहेका छन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)