Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल घरेलु टोली कुवेतसँग ४–१ को फराकिलो अन्तरले पराजित

नेपाल घरेलु टोली कुवेतसँग ४–१ को फराकिलो अन्तरले पराजित

  • 1.3K
    SHARES

  • नेपाल घरेलु टोली कुवेतसँग ४–१ को फराकिलो अन्तरले पराजित

    बुटवल,जेठ २९ ।

    नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत  समूह ‘ए’ को दोस्रो खेलमा आयोजक कुवेतसँग हार बेहोरेको छ। 

    कुवेतस्थित जाबिर अल अहमद मैदानमा शनिबार सम्पन्न खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको हो।

    घरेलु टोलीको  जितमा युसुफ नास्सेरले दुई तथा फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक गोल गरे। नेपालका लागि दर्शन गुरूङले एक गोल फर्काए। 

    खेलको सुरूआतदेखि नै दबावमा खेलेको नेपालले २८औं मिनेटमा गोल खान पुगेको थियो। फहद अलरेसिदीले गोल गर्दै कुवेतलाई सुरूआती अग्रता दिलाए।

    ४८औं मिनेटमा युसुफ नास्सेरले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे। ५७औं मिनेटमा कप्तान नवयुग श्रेष्ठको प्रहार क्रस बारमा लागेर फर्कदा नेपाल अग्रता कम गर्नबाट चुक्यो।

    ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। ७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दै कुवेतलाई ४–० को सहज जिततर्फ अगाडी बढाए।

    त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दर्शन गुरूङले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि हार टार्न सकेन। उनी ३५औं मिनेटमा गौतम श्रेष्ठको स्थानमा मैदान छिरेका थिए।

    कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालको यो लगातार दोस्रो हार हो। कुवेतले २ खेलबाट ३ अंक जोडेको छ। नेपालले अंकविहीन छ। यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ। उनीहरूले नेपाल र कुवेतभन्दा एक खेल कम खेलेका छन्।

    छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ। तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ। त्यस्तै, उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology