बुटवल,बैसाख २४ ।
गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियान रुपन्देहीले बुटवलमा संयुक्त रक्तदान कार्यक्रमगरेका छन।
निर्वाचनको अवस्थालाई मध्यानजर गर्दै अपर्झट आइपर्ने विपत लाई केहिहदसम्म भएपनि न्यूनीकरण गर्न र रगतको अभावको कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेको बिर गोर्खाली अभियान रुपन्देहीका संयोजक चिरन क्षेत्रीले जानकारी दिनु दिए।
कार्यक्रममा ६१ युनीट रगत संकलन भएको सस्थाका अध्यक्ष भरत पुरीले बताए । समाजिक अभियान्ता ईश्वर मल्ल ठकुरी लगायत सम्पुर्ण रक्तदाताहरुलाइ धन्यवाद दिएका थिए। कार्यक्रमको संचालन केशब खनालले गरेका थिए।
निर्वाचनको समयमा रक्तदानका कार्यक्रम नहुदा रगत अभाव हुन थालेपछी यसलाइ कम गर्न अभियान चलाइएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)