Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी सत्यवतीका पहिरो पीडितलाई खाद्यान्न सहयोग 

गुल्मी सत्यवतीका पहिरो पीडितलाई खाद्यान्न सहयोग 

  • 1.8K
    SHARES

  • गुल्मी सत्यवतीका पहिरो पीडितलाई खाद्यान्न सहयोग 

    बुटवल,कार्तिक ४-

    लायन्स क्लव अफ बुटवल मणि उजेशले गुल्मीका पहिरो पीडितलाई खाद्यान्न सहयोग गरेको छ । मणि उजेशले गुल्मी भार्से सत्यवती गाउँपालिका–८ का पहिरो पीडित मनबहादुर मगरलाई ४० हजार बढीको खाद्यान्न सहयोग गरेको हो ।

    पहिरोबाट पीडित भएका परिवारलाई सानो भएपनि सहयोग पुगोस भनेर गुल्मी भार्सेका मनबहादुरलाई उक्त खाद्यान्न वितरण गरिएको क्लवका अध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिनुभयो ।

    पहिरो पीडित मनबहादुरलाई क्लवसँगै युकेमा रहनु भएकी अन्जु साही गुरुङ्गले १० हजार र बुटवलका राजु क्षेत्रीले दुई हजार सहयोग गर्नु भएको क्लवका कम्युनिकेशन अफिसर रितु गुरुङ्गले जानकारी दिनुभयो ।

    शारिरीक रुपमा अपाङ्ग रहनु भएका मनबहादुरका घरमा ७ जना सदस्य रहेका छन् । यसअघी पनि सामाजिक उत्तरदायित्व अन्तरगत क्लवले गुल्मीकै पहिरो पीडित र रक्त क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, कार्तिक ४ २०७७०६:३९:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology