Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवामा पम्पमा तेल खन्याउने क्रममा ट्यांकरमा आगाे लाग्याे,२० हजार लिटर इन्धन सहितकाे ट्यांकर नष्ट

भैरहवामा पम्पमा तेल खन्याउने क्रममा ट्यांकरमा आगाे लाग्याे,२० हजार लिटर इन्धन सहितकाे ट्यांकर नष्ट

  • 4.7K
    SHARES

  • भैरहवामा पम्पमा तेल खन्याउने क्रममा ट्यांकरमा आगाे लाग्याे,२० हजार लिटर इन्धन सहितकाे ट्यांकर नष्ट

    बुटवल,कार्तिक ३- 

    रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेकाे साे सप्लायर्समा इन्धन बाेकेर आएको ट्यांकरबाट ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा आगलागी भएकाे छ ।

    आगलागीका कारण लु २ ख १५४१ नम्बरको ट्यांकर पूूर्णरुपमा नष्ट भएको छ भने २० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानाएको छ ।

    त्यसैगरी आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

    आगलागीपछि सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका,बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट आएका दमकलले आगाे निभाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology