Logo बिहिवार, आश्विन १ गते २०८३
images

विद्युतीय चुलोको प्रयोगबारे अभियान चलाउँदै जनउत्थान लघुवित्त

विद्युतीय चुलोको प्रयोगबारे अभियान चलाउँदै जनउत्थान लघुवित्त

  • 3.7K
    SHARES

  • विद्युतीय चुलोको प्रयोगबारे अभियान चलाउँदै जनउत्थान लघुवित्त

    बुटवल,चैत २८ । 

    जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विद्यतुीय चुलोलाई प्रयोगमा ल्याउन अभियान शुरु गरेको छ । लघुवित्तले नेपाल नवीकरणीय उर्जा कार्यक्रमको सहयोगमा संस्थामा आवद्ध समुहका सदस्यहरुलाई लक्षित गरि विद्युतीय चुलोको प्रयोग गर्न उत्प्रेरित गर्ने गरि अभियान शुरु गरेको हो ।

    सोमबार बुटवलमा संस्थाले विद्युतीय चुलो सम्बन्धि अभिमुखीकरण तथा नमुना प्रर्दशन कार्यक्रम गरेको छ । पछिल्लो समय ग्याँसको विकल्पमा भान्सामा विद्युतीय चुलोको प्रयोगबारे बहस शुरु भइरहेको बेला जनउत्थानले समूह मार्फत यसको प्रयोगबारे अभिमुखकीरण गरेको हो । बेलायती राजदूतावास काठमाण्डौका उप विकास निर्देशक हेडी टाभकोलीले विद्युत्तीय चुलोको प्रयोगले नेपाली महिलाहरुको स्वास्थ्य र जीवनमा सहजता ल्याउने बताईन । उनले भान्सामा बढि समय बिताउनेहरुका लागि विद्युतीय चुलोले ठूलो फाईदा गर्ने बताईन । 

    अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. मान बहादुर बी.के., बेलायती राजदूतावास काठमाण्डौबाट रेसा पिया, कविन्द्र सुब्बा, नेपाल नवीकरणीय उर्जा कार्यक्रमका अच्युत हरी अर्याल, रविन शर्मा, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जनउत्थानले समयअनुसार समूहमा आबद्धहरुको जीवनमा सुधार ल्याउन खोजेको बताएका थिए ।

    बेलायती राजदूतावास काठमाण्डौं, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम र जनउत्थानको व्यवस्थापन समुह बीच परियोजनाको बारेमा छलफल पश्चात विद्युत्तीय चुलोको प्रयोगलाई व्यवहारमा ल्याउन संस्थाले कार्यक्रम गरेको अध्यक्ष बाबुराम विश्वकर्माले जानकारी ििदए । विद्युतीय चुलोको फाइदा, बेफाइदाका बारेमा अभिमुखीकरण गर्नुका साथै सि.जि. कम्पनीका प्राविधिकहरुले समुह सदस्यहरुको बीचमा विद्युतीय चुलोमा पानी तताएर नमुना प्रर्दशनी गरेका थिए ।

    यसअघि आईतबार मात्रै जनउत्थानले १२ औं वार्षिकोत्सव मनाएको थियो । बार्षिकोत्सवका अवसरमा उत्कृष्ट बैंकिङ्ग समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।  

    १२ औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, एकल महिला समुह सदस्य सम्मान, खाने पानि ट्यांकी वितरण, दृष्टि विहीन, अपाङ्ग, जेष्ठ नागरीकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, फलफुल वितरण, हाजिरी जवाफ प्रतियोगिता, ट्राफिक कार्यालयहरुलाई ट्राफिक नियमहरु उल्लेखित साइन बोर्डहरु हस्तान्तरण, मन्दिरमा परिसर सरसफाई लगाएतका थुप्रै कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयहरुबाट एकै साथ केक काटी १२ औं वार्षिकोत्सव भव्य, सव्य र सृर्जनात्मक कार्यहरु गरी मनाएको संस्थाका बरिष्ठ अधिकृत इन्द्र बराईलीले जानकारी दिए । 
    जनउत्थानले तराईका १० जिल्ला र ९ वटा पहाडी जिल्लाहरु गरि १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत सेवा दिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology