Logo बिहिवार, आश्विन १ गते २०८३
images

रगत अभाव कम गर्ने उद्धेश्यले अष्ट्रेलियामा नेपालीले गरे रक्तदान

रगत अभाव कम गर्ने उद्धेश्यले अष्ट्रेलियामा नेपालीले गरे रक्तदान

  • 2.9K
    SHARES

  • रगत अभाव कम गर्ने उद्धेश्यले अष्ट्रेलियामा नेपालीले गरे रक्तदान

    अष्ट्रेलिया,चैत्र ५ ।

    अष्ट्रेलियामा रहेका नेपालीहरु सामाजिक काममा पनि सक्रिय छन् । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सिड्नीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगत अभाव कम गर्न रक्तदान कार्यक्रम गरिएको सञ्जालका अध्यक्ष मुक्तीराम पोख्रेलले नागरिक अनलाइनलाइ बताए ।

    सञ्जालको आयोजना र नेप्लिज ब्लड डोनर्स एसोशियसन अष्ट्रेलियाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ३ जनाले प्लाज्मा दान गरेका छन् भने १० जनाले रगत दान गरे । 

    रक्तदान कार्यक्रममा सज्जन उप्रेती, विष्णु हमाल र भूपाल सिटौलाले प्लाज्म दान गरे भने पदम अधिकारी, प्रदिप खनाल,विशाल भण्डारी, रञ्जिता भण्डारी, ज्योती खड्का, दिलिप खड्का, राजेश तिमल्सिना, मुक्ती पोख्रेल, बासु खरेल ,बिक्रम खरेल ले रक्तदान गरेका थिए । 

    रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तीराम पोख्रेलको अध्यक्षता र सञ्जालका महासचिव रञ्जिता भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई कार्यक्रमका संयोजक एंव सञ्जालका सचिव रवि केसीले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथी प्रकास पारे ।

    साे कार्यक्रममा अष्ट्रेलियामा सक्रिय विभिन्न सामाजिक संघ संस्थाहरुको छाता संगठन फेन्काका उपाध्यक्ष विष्णु हमाल, अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका केन्द्रीय सदस्य विनोद मैनाली, नेपाली रक्तदाता संघ अष्ट्रेलियाका अध्यक्ष भूपाल सिटौला, सञ्जालका संरक्षक राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, सल्लाहकार डा. प्रकाश पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    बक्ताहरूले जन्मथलो नेपाल भएपनि आफ्नो कर्मथलोमा हुने प्राकृतिक विपदका कारण रगत अभाव नहोस भनेर रुपन्देही सामाजिक सञ्जालले गरेको गरेको यो कामको प्रशंसा गरे । समितिले अष्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ती गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने अध्यक्ष मुक्ती पोख्रेलले बताए ।

    उक्त कार्यक्रममा सञ्जालका कार्यसमिती सदस्य, पदाधिकारी एंव विभिन्न क्षेत्रका नेपाली समुदायको उपस्थिती रहेको थियो । साे अवसरमा संयोजक रवि केसी ,दिल खड्का र राजन खड्काले संयाेजन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology