बुटवल,असोज ३०-
बुटवल लेडी जेसिजको जेसिज सप्ताह समापन गरिएको छ । एकसातासम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरिएकाे बुटवल लेडी जेसिजले जनाएकाे छ ।
साताव्यापी कार्यक्रममा बृक्षारोपण ,रक्तदान, निबन्ध लेखन , लुम्विनि प्रादेशिक अस्पतालमा माक्स सेनिटाइजर बितरण, निबन्ध लेखन लगायतका कामहरु गरिएको अध्यक्ष कल्पना पाण्डे कुसुमले बताउनुभयो ।
समापनको अवसरमा शुक्रबार नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष शोभा खरेललाई सम्मान गरिएकाे छ भने लिडरसिप तालिम संचालन गरिएकाे छ ।
शोभा खरेलले महिलाहरु पनि सामाजिक क्षेत्रमा निकै सकृय छन् भन्ने एउटा सन्देश बुटवल लेडी जेसिसले दिएको बताउनुभयो । महामारीको समयमा पनि सक्रियताका साथ काम गरेकोमा धन्यवाद दिदैँ आगामी दिनमा यस्ता रचनात्मक कामहरु गर्दै जान आग्रह गर्नुभयो ।
अध्यक्ष कल्पना पाण्डे कुसुमको अध्यक्षतामा भएकाे कार्यक्रममा निर्वतमान अध्यक्ष लक्ष्मी थापाले स्वागत तथा महासचिव अनुपमा श्रेष्ठले संचालन गर्नुभएकाे थियाे ।
साताव्यापी कार्यक्रमकाे प्रभावकारिता समेत देखिएकाे सहभागिकाे भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)