बुटवल, असोज २८-
लायन्स इन्टरनेशनल ३२५ बि २ नेपाल अन्र्तगत एरिया ४ मा रहेको रिजन ३० को आयोजनामा मंगलबार गुल्मीको कालिगण्डकी गाउँपालिकामा रहेको भगवती मावि अर्बेनीमा औषधीजन्य सामग्री प्रदान गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको क्षती न्युनीकरणका पुर्व सचेतना स्वरुपमा विद्यालयमा स्वाथ्य सामग्री प्रदान गरिएको हो । सिप्ट अनुसार कक्षा संचालन भएको विद्यालयका बिद्यार्थिहरु र शिक्षकहरुलाई अटोमेटिक सेनिटाइजर मेसिन १ थना २ हजार पिस माक्स ,१२ ग्यालेन सेनिटाइजर, १२ पिस स्पेर , थर्मल गन ,प्रत्येक कक्षा कोठा मा कोरोना सचेतना चाट हस्तारण गरिएको रिजन चेयरपर्सन एम.जे.एफ आशिष कृष्ण श्रेष्ठले बताए ।
कायक्रममा बोल्दै रिजनचेयरपर्सन आशिष कृष्ण श्रेष्ठले सामाजीक कार्यमा आफ्नो क्षेत्रमा सिमित नरहेर जहाँ सामस्या छ त्यहाँ पुग्ने बताए । सामग्री बुटवलबाट गाडिमा पठाइएको बताए ।
सामाग्री बितरण कार्यक्रमा लायन्स क्लब बुटवल फुलबारी,लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज ,लायन्स क्लब अफ बुटवल सनसाइन,लायन्स क्लब बुटवल फूलबारी,लायन्स क्लब बुटवल स्मार्ट सिटी,लायन्स क्लब अफ बुटवल सनसार,लायन्स क्लब अफ बुटवल सनसार,लायन्स क्लब बुटवल स्टार्स सहभागीता रहेको थियो । हस्तान्तरण कार्यक्रमा कार्यक्रमा एरिया ४ चिफ एम.जे.एफ संन्दिप कसौधन,जोनचेयरपर्सनद्धय शान्ति पाठक पाण्डे, एमएल पाण्डे लगाएत बिभिन्न क्लबका अध्यक्ष तथा प्रतिनिधि सहभागीता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)