बुटवल,फागुन ९ ।
लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन्। सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ।
आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो। त्यस्तै २०७९ बैशाख २ देखि १४ सम्म स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहको परीक्षा तोकिएको थियो।
आयोगका अनुसार फागुन २८ मा संयुक्त र एकीकृत सेवातर्फ नायब सुब्बा वा सो सरह९अप्राविधिक०को प्रथम चरण र २०७९ बैशाख ५ देखि बैशाख ९ सम्म द्वितीय चरणको परीक्षा तालिका तोकिएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)