Logo बिहिवार, आश्विन १ गते २०८३
images

भुर्तुङ्ग छापचौर तराई  सम्पर्क समाजद्वारा रक्तदान, २५ पिन्ट रगत संकलन

भुर्तुङ्ग छापचौर तराई  सम्पर्क समाजद्वारा रक्तदान, २५ पिन्ट रगत संकलन

  • 2.1K
    SHARES

  • भुर्तुङ्ग छापचौर तराई  सम्पर्क समाजद्वारा रक्तदान, २५ पिन्ट रगत संकलन

    बुटवल,फागुन २ ।

    भुर्तुङ्ग छापचौर तराई सम्पक समाज बुटबल रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ समाजका संस्थापक अध्यक्ष हिराध्वज शाहले सस्थाले रक्तदान कार्यक्रम राखेर पुण्य काम गरेको बताए ।

    आफनो जन्म स्थान  गुल्मीको कालीगण्डकी गाउपालीका ७  बाट बसाइसरेर  तराईमा बसोबास गर्नेहरुले  संस्था  निर्माण गरेको उनले बताए ।

    नेपाल नियमित रक्तदाता सँघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले तीन तीन महिनामा खेर जाने रगतले कसैको ज्यान जोगीन्छ भने रक्तदान किन नर्गने प्रश्न गरे ।

    समाजका अध्यक्ष राजकुमार केसीले रक्तदानले अरुकोे ज्यान बचाउन पाउदा खुसी लाग्ने बताए । सल्लाहकार कुल बहादुर केसीले सामाजिक कामको मुल्यांकन हुने बताए सो अवसरमा  नाम बहादुर केसी, सुदिन श्रेष्ठ  लगायतले बोलेका थिए भने कार्यक्रममा २५ जनाले रक्तदान गरेको कार्यक्र्रम संयोजक सन्तोस पौडेलले बताए    

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology