काठमाडौँ, २९ माघ।
पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक(असइ)को हृदयघातबाट निधन भएको छ ।
महराका पिएसओको रुपमा कार्यरत बुद्धीबहादुर तामाङको निधन भएको हो । हृदयघात भएपछि अस्पताल लैजाँदा उनको बाटोमै मृत्यु भएको जनाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)