Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोबिन हूड आर्मी रुपन्देहीद्वारा नि:शुल्क खाना अभियान संचालन

रोबिन हूड आर्मी रुपन्देहीद्वारा नि:शुल्क खाना अभियान संचालन

  • 4.5K
    SHARES

  • रोबिन हूड आर्मी रुपन्देहीद्वारा नि:शुल्क खाना अभियान संचालन
    बुटवल,असोज २५-
     
    रोबिन हूड आर्मी रुपन्देहीले निस्शुल्क खाना अभियान संचालन गरेको छ । रोबिन हूड आर्मी सामाजिक सेवामा आधारित, शून्य कोष संगठन समेत हो । 
     
     रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्‍याउने खालको खाना दिने काम गरिरहेको रुपन्देहीका सक्रिय सदस्य आकाश भण्डारीले नागरिक अनलाइनलाइ बताए ।
    उनले अहिलेसम्म मैनादेवी अनाथ आश्रम , मणीग्राम नेपाल अपाङ्ग आश्रम , देवीनगर तथा नगरभित्र खाना नपाएर अभावमा बसेकालाई पनि खाना पुर्याउने काम गरेको बताए । 
     
    यसमा सहयोग गर्न र  खाद्यान्न सहयोग गर्ने चाहनेले रोबिन हूड आर्मी रुपन्देहीको फेसबुक ग्रुपमा जोडिन समेत आग्रह गरेका छन् ।स्वयम्सेवकहरुको माध्यमबाट खाना संकलन गरेर सही ठाउँमा पुर्याउने काम चलिरहेको संस्थाले जनाएको छ ।
     
    आकाश भण्डारी - ९८४७००३९२३, तुसार भट्टराई - ९८०६९८७५०० र बिअभ भट्टराई - ९८४७०२५७४० लाइ सम्पर्क गरेर सहयोगी हातहरु हातेमालो गर्न पनि संस्थाले अपील गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology