Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

  • 2.3K
    SHARES

  • नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

    बुटवल, माघ ८ ।

    नेपालमा  पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।साेही अवधिमा थप १६ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसरी हेर्दा पीसीआरतर्फ संक्रमणदर बढेर ५६.८ प्रतिशत पुगेको छ । बुधबार ५.२६ रहेको संक्रमण दर पछिल्लो दुई दिनमा क्रमशः ४७.९ र ४७.३ थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।  यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।

    हरेक जिल्लामा संक्रमण देखिएको छ भने १५ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी छ । मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे, गण्डाकीको कास्की र नवलपुर, लुम्बिनीको बाँके र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या ५०० बढी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology