Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल स्वयंसेवी रक्तदाता समाजको ९१ औँ रक्तदान ,१ सय ५० पोका रगत संकलन

नेपाल स्वयंसेवी रक्तदाता समाजको ९१ औँ रक्तदान ,१ सय ५० पोका रगत संकलन

  • 3.1K
    SHARES

  • नेपाल स्वयंसेवी रक्तदाता समाजको ९१ औँ रक्तदान ,१ सय ५० पोका रगत संकलन

    बुटवल,असोज २४-

    नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्लाको ९१ औँ नियमित रक्तदान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न गरेको छ । सत्य श्री साईबाबा सप्लायर्सको सहआयोजनामा तथा रक्तसंचार सेवा केन्द्र ब्लड बैक बुटवलको प्राविधिक सहयोगमा शनिबार रक्तदान भएको हो । 

    कार्यक्रमको नेपाल स्वस्थ्य अनुसन्धान परिषद लुम्बिनी प्रदेशका डा प्रसान्त आचार्यले उद्घाटन गर्दै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रमका संयोजक अर्जुन प्रसाद पौडेलले १ सय ५० जना स्वयंसेवी रक्तदाताहरु कार्यक्रममा सहभागी भएको बताए ।

    हरेक १७ वर्ष पुरा गरेको स्वस्थ्य युवा रक्तदात गर्न सक्ने भन्दै उनले रक्तदानसंगै जिल्लामा सचेतना कार्यक्रमलाई जोड दिएको बताए । कार्यक्रममा मार्वल टेक्नोप्लाष्ट कम्पनीद्धारा प्रत्येक रक्तदातालाई एक थान सेनिटाईजर तथा सम्मानपत्र सौजन्य गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology