Logo बिहिवार, आश्विन १ गते २०८३
images

एउटैठाँउमा तीन दिन लगातार ट्रक,कार र टिप्पर दुर्घटना

एउटैठाँउमा तीन दिन लगातार ट्रक,कार र टिप्पर दुर्घटना

  • 3.5K
    SHARES

  • एउटैठाँउमा तीन दिन लगातार ट्रक,कार र टिप्पर दुर्घटना

    गुल्मी ,माघ २ ।

    गुल्मी गौँडाकोटमा गएको तीन दिन लगातार सवारी  दुर्घटना भएका छन।                                    
    जिल्लाको गुल्मीदरबार गाउँपालिका -३ गौँडाकोटको  देउराली जङ्गलमा गएको तीन दिनमा मिनि ट्रक , कार  र टिप्पर दुर्घटना भएका छन ।

     ग १ च ७५४७ नम्बरको मिनि ट्रक शुक्रबार राती दुर्घटना  भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी किशाेर लम्सालले जानकारी दिए । 

    यस्तै ग १ ज ५२८० नम्बरको  कार पनि सोही स्थानमा हिजो  दुर्घटना भएको डिएसपी लम्सालले बताए। आज बिहान पनि सोहि स्थानमा  लु।२ ख २९८१ नम्बरको टिप्पर दुर्घटनामा भएको छ । गाडिहरु सडकबाट करिब ५ मिटर तल सडक चिप्लो भएर  दुर्घटना भएको बताइएको छ ।

    तिन दिनमा तिनवटै सवारी साधन दुर्घटना बाट मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology