Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

नमूना दलित समुदाय उत्थान विधेयकबारे छलफल

नमूना दलित समुदाय उत्थान विधेयकबारे छलफल

  • 2.9K
    SHARES

  • नमूना दलित समुदाय उत्थान विधेयकबारे छलफल

    बुटवल,पुस ८ । 

    लुम्बिनी प्रदेश कानून महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले दलित समुदायसँग सम्बन्धित कानून निर्माणमा सरकार लागि पर्ने प्रतिबद्धता जनाएकी छन ।

    जागरण मिडिया सेन्टरले नमूना लुम्बिनी प्रदेशको दलित समुदाय उत्थान विधेयकका बिषयमा गरेको परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घर्तीले कानुन निर्माण गर्ने बताईन । उनले दलित, जेष्ठ नागरिक, बालबालबालिका तथा महिला सम्बन्धी कानूनलाई पहिलो प्राथमिकतामा राखेको बताईन । उनले कानुनु निर्माण मात्रै गरेर नहुने भन्दै अक्षरश पालना गर्नुपर्नेमा जोड दिईन ।

    उक्त छलफलमा लुम्बिनी प्रदेश नेपाली काँग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्री, अर्का सांसद कमलादेवी विश्वकर्मा, पुष्पा थरुनीले दलित समुदायको उत्थान र अधिकार संरक्षण गर्ने गरि लुम्बिनीमा छुट्टै कानून आवश्यक भएको भन्दै सरकारलाई छिटो भन्दा छिटो विधेयक ल्याउन आग्रह गरे ।

    कार्यक्रममा विधेयकका सन्दर्भमा संविधानसभा सदस्य विनोद पहाडीले लुम्बिनीले देशमै नमूना सन्देश दिने गरि कानून निर्माण गर्नुपर्ने बताए ।

    कार्यक्रममा कानून महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र कुमार थापाले दलित समुदायमाथिको विभेदले विश्वमै नेपाललाई लज्जित बनाएको बताउँदै नमूना विधेयकलाई सरकारले अपनत्व लिने बताए ।

    अधिवक्ता पदम कार्की, इन्दिरा आचार्य, जनप्रतिनिधि एचवि रम्तेल, अधिकारकर्मी नरबहादुर सुनार, महिला पैरवी मञ्चका संगिता जिआर विनोद परियार, अम्बिका परियार लगायतले बोल्दै कानून निर्माणमा जोड दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology