Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

मानवअधिकार संस्कृतिको विकासका लागि सरकार र नागरिक समाजसँगै हुनुपर्छ : मन्त्री रमा घर्ती

मानवअधिकार संस्कृतिको विकासका लागि सरकार र नागरिक समाजसँगै हुनुपर्छ : मन्त्री रमा घर्ती

  • 2.6K
    SHARES

  • मानवअधिकार संस्कृतिको विकासका लागि सरकार र नागरिक समाजसँगै हुनुपर्छ : मन्त्री रमा घर्ती

    बुटवल,पुस ८ । 

    लुम्बिनी प्रदेशका कानून,महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले मानवअधिकार संस्कृतिको विकासका लागि सरकार र नागरिक समाजसँगै हुनुपर्ने बताउनुभएको छ ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले पुस ८ र ९ गते बुटवलमा आयोजना गरेको नागरिक समाजको कार्यक्षेत्र र मानवअधिकार रक्षकहरुको अधिकार विषयक लुम्बिनी प्रदेशस्तरीय मानवअधिकार रक्षक भेलालाई सम्बोधन गर्दे यस्तो कुरा बताएउनुभएको हो ।

    मन्त्री घर्तीले मावअधिकार रक्षाका निम्त्ति इन्सेकले लामो समयदेखि काम गर्दे आइरहेको छ । मन्त्री घर्तीले मानवअधिकारको संरक्षणका लागि सरकार एक्लैले गर्न नसक्ने भएकोले सरकार र नागरिक समाजका सबै सरोकारवाला निकायहरु अगाडी बढनुपर्ने बताउदै कानून लेख्दैमा केही नहुने भएकोले कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यन्यायधिवक्ता श्रीकृष्ण सुवेदीले मानवअधिकारको भूमिका समय अनुसार फरक हुने भएकोले मानवअधिकार रक्षकहरुको भूमिका पनि सोही अनुसार निरन्तर भैरहने बताउनुभयो ।

    इन्सेकका कार्यसमिती सदस्य शोभाखर बुढाथोकीले संविधानले व्यवस्था गरे पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको बताउदै कार्यान्वयनको पक्ष कमजोर हुँदा मानवअधिकारको अवस्था सन्तोषजनक भएपनि ढुक्क हुने अवस्था नभएको बताउनुभयो ।कानून मस्यौदा तथा सुझाव कार्यदलका सदस्य अधिवक्ता महेन्द्र पाण्डेले मानवअधिकारको लडाई कहिल्यै नटुंगिने लडाइ भएकोले यसको विषयमा हामी सधै यसरी सक्रिय भएर अगाडी बढनुपर्ने बताउनुभयो ।

    उहाँले नागरिकको अधिकारको निम्ति बोल्ने मानवअधिकार रक्षकहरुको अधिकारका विषयमा पनि यस्ता कार्यक्रमले महत्व राख्ने बताउनुभयो । कानून मस्यौदा तथा सुझाव कार्यदलका सदस्य अधिवक्ता तीर्थ ज्ञवालीले मानवअधिकारको क्षेत्र वृहत्त भएकोले यसको कार्यान्वयनका लागि राज्य मुख्य जिम्मेवार भएपनि सबै क्षेत्रको सक्रिय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्टिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्यले मानवअधिकार रक्षकहरुले आफनो अधिकारसँगै सबै मानवहरुको अधिकारको विषयमा पनि सक्रिय हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यन्याधिवक्ता श्रीकृष्ण सुवेदी, मुख्यमन्त्री तथा मन्त्री परिषदका कानून सचिव राजेन्द्र थापा,इन्सेकका कार्यसमिती सदस्य शोभाखर बुढाथोकीले मानवअधिकार र यसका विषयवस्तु,मानवअधिकार र प्रदेश कानून,मानवअधिकारको प्रवद्र्धनको लागि मानवअधिकार रक्षकहरुको भूमिकाका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले  प्रदेशमा मानवअधिकार अधिकार कानून निर्माण गर्न सके मानवअधिकार रक्षकहरुको संरक्षण, सम्वर्घन र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ ओटा जिल्लाका ६० जना सहभागीहरुको सहभागिता रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology