Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रोटरी क्लव बुटवल चौतारीद्वारा नि:शुल्क स्वास्थ्य शिबिरमा ढाइलाखको औषधी वितरण ,६६० जनाले लिए लाभ 

रोटरी क्लव बुटवल चौतारीद्वारा नि:शुल्क स्वास्थ्य शिबिरमा ढाइलाखको औषधी वितरण ,६६० जनाले लिए लाभ 

  • 2.8K
    SHARES

  • रोटरी क्लव बुटवल चौतारीद्वारा नि:शुल्क स्वास्थ्य शिबिरमा ढाइलाखको औषधी वितरण ,६६० जनाले लिए लाभ 

    बुटवल,पुस ३ ।

    रोटरी क्लव बुटवल चौतारीले रुपन्देहीको गैडहवा –७ मा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।क्लवको ९५ औं साप्ताहीक नियमीत बैठक तथा  स्वास्थ्य शिबिर भएको हो ।

    रोटरी क्लव बुटवल चौतारीकावर्ष २०२१–२२ का अध्यक्ष सुरज क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद खिमलाल भट्टराई,जनरल फिजीसीयन डा. हरी प्रसाद पन्थी ,डा. नेत्र ब. थापा (नाक, कान, घाटी विशेषज्ञ),डा. शिशिर अर्याल (दन्त रोग विशेषज्ञ), डा. सन्दिपशाक्य (बाल रोग विशेषज्ञ),डा. प्रकाश चापागाई (फिजीयोथेरापिस्ट),सन्दीप गुप्ता,डा. निलकण्ठ अर्याल,डा. सुनिल जि.सी,डा. राम पन्थी लगायतको सहभागिता रहेको थियो ।

    सो स्वास्थ्य शिबिरको सहआयोजकमा गैडहवा स्मार्ट कृषी सहकारी संस्था र लुम्विनी डेभलपमेन्ट फोरुम रहेका थिए ।शिबिरमा जनरल फिजिसीयन,नाक कान घाटी ,बालरोग,दात, मुख तथा गीजा,फिजीयोथेरापी,निशुल्क रगत तथा युरिनको ल्याव परिक्षण गरेर निशुल्क औषधी बितरण गरिएको थियो । शिबिरमा सिमली डेन्टल केयर प्रा.ली, बुटवल र विवान फार्मेसी बुटवलले सहयोगी संस्थाको भूमिका निर्बाह गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथी खिमलाल भट्टराईले गैडहवा जस्तो स्वास्थ्यको अत्यन्त आवाश्यक्ता भएको बिकट ठाँउ रोजेर निशुल्क विभिन्न स्वास्थ्य सेवा तथउपचारहरु दिएकोमा रोटरी क्लव बुटवल चौतारी परिवारलाई धन्यवाद व्यक्त गरे ।
    सो अबसरमा रोटरी क्लव बुटवल चौतारीका वर्ष २०२१–२२ का सचिव लक्ष्मण सुवेदी,कार्यक्रम संयोजक  तथा टे«जर पदम खनाल लगायतले बोलेका थिए । शिबिरमा ६६० जनाले निशुल्क औषधि तथा चेकजांच गरेका छन् । २ लाख ५० हजारको औषधी वितरण गरिएको अध्यक्ष सुरज क्षेत्रीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    बर्ष २०-२१ मा रोटरी क्लव बुटवल चौतारीले विभिन्न सामाजिक सेवामुलकतथावातावरण र जनचेतना सम्वन्धीकार्यक्रम पृथक रुपमागर्दे आईरहेको छ । 
    यस वर्षमा नै बृहत रक्तदान कार्यक्रम १०१ युनिट जम्मा), वर्षैभरि निशुल्क मास्क वितरण अभियान (७२००० मास्क बाढ्ने), बृक्षारोपण तथा स्कुल एडप्सन गरी निशुल्क स्टेशनरी समान वितरण गरीसकेको  अध्यक्ष क्षेत्रीले बताए । 
    रोटरीको यसवर्षको थिम जीवन परिवर्तनका लागि सेवाको बारेमा प्रकाश पार्दै सोही अनुरुप आफुले रोटरीको फोकस एरीया अनुसार सामाजिक कार्यहरु गरीरहेको जानकारी गराए ।
    कार्यक्रममा भोलीन्टियर ः चार्टड प्रेसीडेन्ट विष्णु घिमीरे सहित सम्पूर्ण रोटरीयन मेम्वर्स र रोट्रयाक्टर हरुले गरेका थिए ।  कार्यक्रममा संयोजक पदम खनाल ,उपाध्यक्ष सन्तोष के.सीले गैडहवा गाँउमा रोटरी आरसिसी गठन गरी रोटरी गाँउ बनाउने बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology