Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोट्याक्ट क्लव अफ भैरहवा चौतारीको रक्तदान,५५ युनिट रगत संकलन

रोट्याक्ट क्लव अफ भैरहवा चौतारीको रक्तदान,५५ युनिट रगत संकलन

  • 2.7K
    SHARES

  • रोट्याक्ट क्लव अफ भैरहवा चौतारीको रक्तदान,५५ युनिट रगत संकलन

    बुटवल,मंसिर १८ ।

    रोट्याक्ट क्लव अफ भैरहवा चौतारीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।

    क्लवका अध्यक्ष निखिलध्वज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा न ७ का अध्यक्ष भिमसेन बज्राचार्यले अन्य सामाजिक काम भन्दा रगतदान सबैभन्दा ठूलो जीवन दान  भएको बताए ।

    कार्यक्रममा ,बिशिष्ट अतिथि रोट्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष सुरज क्षेत्री,लुम्बिनी सोसाइटी अफ सपोर्ट ग्रुपका बोर्ड डाइरेक्टर राजाप्रताप शाही,बालचन्द्र दाहाल,एसओएस भैरहवाका इन्चार्ज रामप्रसाद पौडेल,ब्लड बैङ्कका इन्चार्ज केशरसिंह गाहा लगायतले बोल्दै क्लवले सामाजिक काम गरेकोमा खुसी ब्यक्त गर्दै निरन्तरता दिन  आग्रह गरेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology