Logo बिहिवार, आश्विन १ गते २०८३
images

गरिमा विकास बैंक १५ औं बर्ष प्रबेश,बुटवलमा रक्तदान ५१ युनिट रगत संकलन

गरिमा विकास बैंक १५ औं बर्ष प्रबेश,बुटवलमा रक्तदान ५१ युनिट रगत संकलन

  • 3.4K
    SHARES

  • गरिमा विकास बैंक १५ औं बर्ष प्रबेश,बुटवलमा रक्तदान ५१ युनिट रगत संकलन

    बुटवल,मंसिर ७ ।

    गरिमा विकास बैंक लिमिटेडले स्थापनाको १५ औं बर्ष प्रबेशको अवसरमा देशैभर एकैसाथ रक्तदान कार्यक्रम गरेको छ  । बुटवलमा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको बुटवल शाखा प्रमुख लेखनाथ भट्टराइले बताए ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत आज केन्द्रिय कार्यालय लाजिम्पाट,कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा वृहत रक्तदान कार्यक्रम भएको हो ।

    काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा  बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको हो ।उक्त कार्यक्रमबाट १ हजार १ सय ५५ युनिट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    यस्तै बार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्काशाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछा पोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यस सँगै बैंकको शाखा संजाल ११५ पुगेको बैंक बुटवलकी जुनियर अफिसर माेनिका राइले नागरिक अनलाइनलाई बताइन्  ।

    काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१अर्ब कर्जा लगानी गरेको छ । करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरु मार्फत ग्राहकमाझ संचालन गरेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology