Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तानसेन-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

तानसेन-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

  • 3.3K
    SHARES

  • तानसेन-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

    बुटवल,मंसिर ७ ।

    सडक डिभिजन कार्यालयले तानसेन तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ । कार्यालयले मंसीर ८ गतेदेखि मंसीर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म १५ दिन बाटो बन्द गर्ने जनाएको छ ।

    तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्नका लागि सडक कार्यालयले बाटो बन्द गर्ने सूचना जारी गरेको हो ।

    उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले नागरिक अनलाइनलाइ बताए ।sadak.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology