Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोहम्मद जयन्तीमा मदिना मदरसा मस्जिदमा रक्तदान,७५ युनिट रगत संकलन

मोहम्मद जयन्तीमा मदिना मदरसा मस्जिदमा रक्तदान,७५ युनिट रगत संकलन

  • 3.3K
    SHARES

  • मोहम्मद जयन्तीमा मदिना मदरसा मस्जिदमा रक्तदान,७५ युनिट रगत संकलन

    बुटवल,कात्तिक २ । 

    पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैह सल्लमको १४९६ औं जन्मोत्सवको अबसरमा बुटवलमा रक्तदान कार्यक्रम भएको छ । बुटवल ५ बिकासपथमा रहेको मदिना मदरसा मस्जिद प्रबन्ध परिषद्ले रक्तदान कार्यक्रम गरेको हाे ।

    परिषदका अध्यक्ष सकुर मियाको अध्यक्षता तथा बुटवल ५ का वडा अध्यक्ष तेज प्रसाद सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको सचिव जमिल खानले नागरिक अनलाइनलाई जानकारी दिए।

    कार्यक्रममा ७५ युनिट रगत संकलन भएको उनले बताए । साे अवसरमा वडा अध्यक्ष तेज प्रसाद सुनार,रजाय मुस्तफा मस्जिद समितिका अध्यक्ष  हाजी रहमत खान, हाजि रहमत खान, संस्थाका संरक्षक हाजी जमाल मिया ,बरिस्ठ उपाध्यक्ष जलिउल्लाह ,सचिब जमिल खान लगायतले बाेलेका थिए ।हिजाे साँझ विशेष धार्मिक कार्यक्रम मिलादुन नबि गरिएको कमाल दिन मियाले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology