Logo बिहिवार, आश्विन १ गते २०८३
images

सत्यवती टोलद्वारा रक्तदान,४० युनिट रगत संकलन

सत्यवती टोलद्वारा रक्तदान,४० युनिट रगत संकलन

  • 1.2K
    SHARES

  • सत्यवती टोलद्वारा रक्तदान,४० युनिट रगत संकलन

    बुटवल,असाेज ६ ।

    सत्यवती टोल विकास संस्थाले बुटवलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  बुधबार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ बिनापातेमा रहेको सत्यवति टोल विकास संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

    नेपाल रेडक्रम सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा टोल संस्थाको भवनमा खुल्ला रक्तदान गरिएको कार्यक्रमको वडा सदस्य माया दर्नालले उदद्धाटन गरिन । 

    संस्थाहरुको अग्रसरताबाट नगर नमुना बन्ने भन्दै हिजो बिनापातेका नामले चिनिएको टोलमा  टोलबासीको अग्रसरताबाट जागरण ल्याउने काम भएको बताईन ।  संस्थाका अध्यक्ष भिम केसीले टोलबासीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै सचेतना जगाउने, समस्यामा परेका ब्यक्तिलाई सहयोग गर्ने काम गर्दै आएको बताए । कार्यक्रमका संयोजक मोहमद कलिमले ४० युनिट संकलन भएको बताए । 

    कार्यक्रममा बुद्धभुमि ट्याक्सी ब्यवसायीका अध्यक्ष बिष्णु काफ्ले, संस्थाका सचिव श्याम तुलाचनले अब्यवस्थित बसोबासीका रुपमा रहेको सो क्षेत्रमा ३ सय ९६ घरधुरीमा स्वास्थ्य, सरसफाईका क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology