Logo बिहिवार, आश्विन १ गते २०८३
images

लमजुङ रूपन्देही एकता समाज रूपन्देहीको प्रथम अधिवेशन,अध्यक्षमा डा. हटुवाल चयन

लमजुङ रूपन्देही एकता समाज रूपन्देहीको प्रथम अधिवेशन,अध्यक्षमा डा. हटुवाल चयन

  • 3.6K
    SHARES

  • लमजुङ रूपन्देही एकता समाज रूपन्देहीको प्रथम अधिवेशन,अध्यक्षमा डा. हटुवाल चयन

    बुटवल,भदौ १२ ।

    लमजुङ रूपन्देही एकता समाज रूपन्देहीको प्रथम अधिवेशन भैरहवामा सम्पन्न भएको छ ।,समाज रूपन्देहीको अध्यक्षमा डा. ज्ञानदेव हटुवाल सर्वसम्मत चयन भएका छन् ।

    लम्जुङबाट रुपन्देहीमा आफ्नो कर्मथलो बनाएर बसोबास गरेका व्यक्तिहरुबिच एकता, आत्मियता एवं वन्धुत्वको भावना बिकासगर्दै एकआपसमा सहयोगको बातावरण निर्माण गरी सामाजिक सेवा गर्ने हेतुले लमजुङ रूपन्देही एकता समाज, रूपन्देही गठन भएको हाे ।

     शनिबार भैरहवामा सम्पन्न समाजको प्रथम अधिवेशनले डा हटुवालको अध्यक्ष्यतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

    समाजका उपाध्यक्षमा हरिराज विष्ट, सचिव पुष्प कुमार घिमिरे, कोषाध्यक्ष दीपक पौडेल, सहसचिव नारायण प्रसाद अधिकारी र सदस्यहरूमा रूपेन्द्र अधिकारी, गुणनिधि चिलुवाल, नर्मदा पण्डित, दुर्गा भट्टराई, रामप्रसाद मिश्र, बद्रिनाथ मिश्र, निर्मल तिवारी, कृष्ण गौली र निर्मला शर्मा ज्ञवाली चयन भएका छन् ।

    बाँकी सदस्य भुगोल मिलाएर पछि थपिने समाजले जनाएको छ । त्यस्तै समाजले ब्रह्मकुमारी शान्ति सुवेदी प्रमुख सल्लाहकार रहेको सल्लाहकार समिति गठन गरेको छ । जसमा डा। राजेश पौडेल, डा। सुमन थापा, भुपाल कुमार श्रेष्ठ, कृष्णप्रसाद पण्डित, राधाकृष्ण रेग्मी अनमोल, सुशील गुरुङ,फणिन्द्र पोखरेल र नन्दकिशोर न्यौपाने रहेक छन।


    अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख ब्रह्मकुमारी शान्ति सुवेदी, विशिष्ट अतिथि डा। राजेश पौडेल, डा सगुन थापा, दीपक गलामी लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रम तदर्थ समितिका अध्यक्ष ज्ञानदेव हटुवालको अध्यक्षता र सहसचिव नारायण प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology